पाकिस्तानमा डुङ्गा पल्टिँदा सात जनाको ज्यान गयो : बेपत्ता १३ जनाको खोजी चल्दै

 भदौ १४, २०७९ मंगलबार ८:५४:३२ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा डुङ्गा पल्टिँदा ७ जनाको ज्यान गएको छ।

दक्षिणी सिन्धु प्रान्त सेहवान सरिफ क्षेत्रमा भएको दुर्घटनामा बालबालिकासहित सात जनाको ज्यान गएको हो । डुङ्गा पल्टिँदा १३ जना बेपत्ता भएका छन् । 

डुङ्गा सिन्धु नदीमा बाढीको बहावमा फसेपछि पल्टिएको खबरमा उल्लेख छ ।  नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

मनसुनी वर्षाका कारण पाकिस्तानमा नदी तथा समथर भूभागमा बाढी आएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार देशका ७२ जिल्लालाई आपत्काल घोषणा गरिएको छ भने ३ करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया