इराकमा प्रदर्शन हिंसात्मक : कम्तीमा १५ जनाको ज्यान गयो, राष्ट्रपति भवन कब्जा

 भदौ १४, २०७९ मंगलबार १०:३५:४२ | एजेन्सी
unn.prixa.net

इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो ।

बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा १५ जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका बीबीसीले जनाएको छ ।

शिया धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गर्नु भएकाे छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी प्रदर्शनप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले हिंसा अन्त्यका लागि पहल गर्न र नागरिकलाई संयमता अपनाउन आग्रह समेत गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया