शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने नेता मिखाइल गोर्बाचेभको निधन

 भदौ १५, २०७९ बुधबार ७:४७:० | एजेन्सी
unn.prixa.net

पूर्व सोभियत संघका नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । सोभियत युगका अन्तिम नेता गाेर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उहाँ सोभियत युगका अन्तिम नेता मानिन्छन् । सोभियत संघको नेतृत्व गरिरहँदा गाेर्बाचेभले अभिव्यक्ति स्वतन्त्रता र पुनर्गठनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । कम्युनिष्ट सरकारले नेतृत्व गरेको अवस्थामा त्यसबेला सरकारको आलोचना गर्न रोक थियो । लामो समयदेखि रोगसँग लडिरहेका गाेर्बाचेभको उपचारका क्रममा निधन भएको हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गाेर्बाचेभको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । त्यस्तै संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले गोर्बाचेभको निधनले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । युरोपियन युनियनका प्रमुख उर्सुला भोन डर लेनले पनि गाेर्बाचेभलाई स्वतन्त्र युरोपको मार्ग प्रशस्त गर्ने ‘विश्वसनीय र सम्मानित नेता’को रूपमा स्मरण गर्नुभएको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया