निलम्बित प्रधानन्यायाधीश जबरा बयानका  लागि संसदीय समितिमा

 भदौ १५, २०७९ बुधबार ११:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुग्नु भएको छ । उहाँलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिँदै सिंहदरबारभित्र पुर्‍याएका छन् ।

जबरामाथि कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक हलमा सोधपुछ गर्ने तयारी भएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । जबरामाथि महाभियोग प्रस्तावमा उल्लेखित आरोप र सरोकारवाला निकायबाट प्राप्त प्रमाणका आधारमा सोधपुछ गर्ने समितिको तयारी छ । ती प्रमाणलाई एकत्रित गरेर समिति सदस्यलाई वितरण गरिएको छ ।

जबरालाई सोध्ने प्रश्नावली समितिले तयार गरिसकेको छ । जसमा संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोध गरेकोलगायत विषय समेटिएको छ ।  

पदीय जिम्मेवारीविपरीत कार्यहरू गरी संविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण र कर्तव्य पालना नगरेको भन्दै जबरामाथि गएको फागुन १ मा महाभियोग दर्ता भएको थियो । त्यसपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो । जबराविरुद्धको महाभियोग प्रस्ताव गएको वर्ष फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो । 
 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया