निलम्बित प्रधानन्यायाधीश जबरासँग भाेलि थप बयान लिइने

 भदौ १५, २०७९ बुधबार १६:४२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले भोलि बिहीवार पनि बयान लिने भएको छ । आज बुधवार बयान नसकिएपछि थप बयान भोलि लिने निर्णय भएको समितिले जनाएको छ । समितिको अर्को बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ ।  

महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न बनाएको छ । त्यस्तै नेपाल बार एसाेसिएशनले पठाएको प्रमाणका आधारमा थप २१ वटा प्रश्न तय गरिएका छन् । निलम्बित प्रधानन्यायधीश जबराले आज चार वटा प्रश्नको मात्रै जवाफ दिनुभएको छ । थप प्रश्नमा भोलि जवाफ मागिने छ ।

बयानमा निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको दाबी गर्नुभएको छ । उहाँले संसदीय नियम, कानुन र अभ्यासको पालना नभएको र प्रचलित कानुनअनुसार आफ्नो महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको तर संसदको सम्मानका लागि मात्रै आफू समितिमा आएको बताउनुभयो ।

उहाँले कुनै एक व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनकै लागि आफूमाथि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै न्यायालयलाई राजनीतिमा तान्ने काम दलहरूले नै गरेको समेत आरोप लगाउनुभएको छ । आफूले गरेका सबै फैसला र अदालती काम संविधानले दिएको अधिकार र न्यायालयको मर्यादाअनुसार नै भएको जबराको दाबी छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया