जबराले महाअभियाेग नै निष्क्रिय भइसक्याे भन्नुकाे तुक छैन : एमाले सांसद पाेखरेल

 भदौ १५, २०७९ बुधबार १८:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाअभियोग नै निष्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताउनुभएको छ । 

बुधवार सिंहदरबारमा रहेकाे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा पुग्नुभएका निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा महाअभियोग प्रस्ताव नै संविधानअनुसार अघि नबढ्दा निष्क्रिय बनिसकेको बयान दिनुभएको भन्दै सांसद पोखरेलले यसको अर्थ नरहेको बताउनुभयो । उहाँले महाअभियोग प्रस्तावमा नै जबरा बयानका लागि आउनुभएको उल्लेख गर्दै यस्तो भन्नुको तुक नरहेको बताउनुभयो । 

सांसद पाेखरेलले जबराको बयानमा समिति सदस्यहरूले प्रतिप्रश्न गर्दा चार वटा प्रश्नको मात्रै जवाफ आएको भन्दै बयानको समय तीन/चार दिनसम्म लगातार चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले निष्क्रिय भयो भन्ने अवस्था छैन । महाअभियोग प्रस्तावमा नै उहाँ आइरहनुभएको छ भने त्यो भन्नुको अर्थ रहँदैन । संसद् रहुन्जेलसम्म निष्क्रिय भयो भन्ने कुरा हुँदैन ।’

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरूसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताउनुभयो । उहाँले न्यायाधीशले ल्याएका गलत कुराहरूमा सहभागी नबन्दा आफूविरुद्ध महाअभियोग लगाइएको कुरा जबराले राख्नुभएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया