राष्ट्रपतिसँगकाे भेटमा प्रचण्ड– ‘नागरिकता विधेयकमा तपाईँ र हाम्राे धारणा एउटै छ’

 भदौ १५, २०७९ बुधबार १८:४२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नागरिकता विधेयकको बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतासँग छलफल गर्नुभएको छ ।

राष्ट्रपतिले बोलाएपछि आज बुधवार दिउँसो प्रचण्ड केही पदाधिकारीसहित शीतल निवास जानुभएको थियो । छलफलमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राख्नुभएको थियो । प्रचण्डले भने नागरिकता विधेयकमा राष्ट्रपतिले राखेको चासो र आफूहरूको धारणा एउटै रहेको बताउनुभयो । वैवाहिक अङ्गीकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नुभएको चासो र माओवादीको धारणा समान रहेको तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न नसकेका कारण केही समस्या देखिएको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरू राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको भन्दै यसअघि केपी शर्मा ओलीले अध्यादेशमार्फत पेस गरी राष्ट्रपतिद्वारा प्रमाणीकरण गरेका प्रावधान नै अहिले समेटिएको दाबी गर्नुभयो । उहाँले नागरिकता विधेयकमा अनावश्यक राजनीतिकरण भएको भन्दै गुनासो पनि गर्नुभएको एक नेताले जानकारी दिएका छन् ।

नागरिकता विधेयकको बारेमा राष्ट्रपतिले प्रधानमन्त्रीसहित कांग्रेस र एमालेका शीर्ष नेतासँग छलफल गरिसक्नुभएको छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया