काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर सहिद स्मारक ए डिभिजन लिगमा च्यासलबाट खेल्ने भएका छन । लिग सुरु हुन दुई दिनअघि विहिबार राति २१ वर्षीय विमललाई च्यासलले अनुबन्ध गरेको हो ।
विमल र क्लबसँग आधिकारीक रुपमा सम्झौता भएपछि एन्फामा भने उनको नाम आजमात्र दर्ता गराइने भएको छ । हाल बंगबन्धु गोल्डकपको तयारीमा रहेका विमलले गएको सिजन मोफसलमा भएका विभिन्न प्रतियोगितमा थ्रीस्टारबाट खेले पनि लिगका लागि भने क्लबले अनुबन्ध गरेन । जसका कारण विमललाई कसले लिन्छ भनेर ठूलो अडकलबाजी भएको थियो ।
यसै क्रममा उनलाई त्रिभुवन आर्मी र च्यासलले चासो देखाइरहेका थिए । तर अन्तिममा उनी च्यासल जाने निर्णय गरेका हुन् । तर उनी कति रकममा अनुबन्ध भए भन्ने कुरा खुलाइएको छैन । साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध १४ वर्षको उमेरमा डेब्यु गरेका विमलले पहिलो खेलमा नै गोल गरेपछि चर्चामा आएका थिए ।
२०७२ सालमा भएको राष्ट्रिय लिगमा उनि सुदूरपश्चिम ११ बाट खेलेका थिए । उनी यू–१९ टिममा थिए । एन्फा एकेडेमीका उत्पादक विमलको कप्तानीमा नेपालले यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । जुन नेपालमा आयोजना भएको थियो । नेपाली राष्ट्रिय टिमका नियमितद सदस्य विमलले ३१ खेलमा आठ गोल गरेका छन् ।
बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा पनि उनले बंगलादेश र पाकिस्तान विरुद्ध एक एक गोल गरेका थिए । विमललाई क्लबमा अनुबन्ध गरेपछि च्यासलको टिममा केही फाइदा पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।