शेयर बजार सामान्य घट्यो, १ अर्ब ३८ करोड रुपैयाँको कारोबार

 भदौ १६, २०७९ बिहीबार १५:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बिहीवार सामान्य घटेको छ । हिजो बुधवार झन्डै २२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १ दशमलव शून्य आठ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव २९ विन्दुमा झरेको छ ।

आज बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य घटेको छ । अरू समूहको शेयर सामान्य बढेको छ । यस्तै दुई सय २५ वटा कम्पनीकाे ३९ लाख ५५ हजार कित्ता शेयर एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज राप्ति हाइड्रो र गणपति लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया