रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डडेल्धुरा र आसपास केही ठाउँमा ठूलो पानी परेको छ ।
ठूलो वर्षा भएकोले रिउखोला, तिनाउ, बाँणगंगा, मोहना खुट्टीया, स्याउली, चौधर, रंधुनलगायत साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रमा बाढी आउन सक्ने भएकाले बिहान ८ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
यसैबीच, अहिले मुग्लिन-नारायणगढ सडकखण्डमा सामान्य रुपमा गाडी चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीले यात्रामा निस्कनुअघि सडक र मौसमको अवस्था बारे जानकारी लिन आग्रह गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।