सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डमा फेरि पहिरो, डाइभर्सन पनि बग्यो

 भदौ १७, २०७९ शुक्रबार ८:१:४४ | देव पचभैया
unn.prixa.net

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डमा फेरि पहिरो खसेको छ । तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात ठप्प भएको छ ।

यात्रु बीच बाटोमै अलपत्र परेका छन् । हिजो दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाएको तर गएराति दुई ठाउँमा पहिरो खसेपछि पूर्णरुपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सडक खुलाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । अहिले पनि पानी परिरहेको छ । माथिबाट पहिरो खस्ने क्रम नरोकिएकोले बाटो खुलाउन समस्या भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया