उम्मेदवारी दिएको भन्दै पूर्व मेयरद्वारा नेत्री ममता महतोमाथि बैठकस्थलमै दुर्व्यवहार

 भदौ १७, २०७९ शुक्रबार १३:४४:२६ | सुनिता महताे
unn.prixa.net

महोत्तरी – नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फ उम्मेदवारी दिएको भन्दै महिला नेत्री ममता महतोमाथि पूर्व मेयर विनोद यादवले हातपातको प्रयास गरेका छन्। विहिबार दिउँसो नेपाली कांग्रेसको बैठक जारी

रहेको समयमा बलवा नगरपालिकाको पूर्व मेयर तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विनोद यादवले आफ्नै पार्टीका जिल्ला कार्य समिति सदस्य ममता महतोलाई पार्टीको बैठक स्थलमै दुर्व्यवहार गरेका हुन् ।

महोत्तरीको लोहारपट्टीमा पर्ने शिवचन्द्र भवनमा क्षेत्र नम्बर २ (क) प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति बैठकमै नेता महतोले प्रदेशसभाको समानुपातिकतर्फ आफ्नो उम्मेदवारी दिनुभएकाे थियाे । त्यसपछि पूर्वमेयर यादवले नेत्री महतोलाई ‘किन उम्मेदवारी दिएको ?’ भन्दै गाली गरेकाे र अपमानजनक शब्द प्रयोग गर्दै पूर्व मेयर यादवले कुट्न आएका पीडित नेत्री महतोकाे भनाइ छ । उहाँका अनुसार विवादपछि बैठक स्थगित भएको थियाे ।

यस्तै २०७४ र २०७९ मा सम्पन्न पालिका तहको चुनावका बेला बलवा नगरपालिकाको उपमेयर पदमा पार्टीले दिएको टिकट पूर्व मेयर यादवको समूहले बाटैबाट खोसेको नेतृ महतोकाे आराेप छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया