इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारूढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गर्नुभएको छ । सत्तारूढ गठबन्धन आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा जान डराइरहेको उहाँको भनाइ थियो ।
पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेम्वाङले सत्तारूढ दलहरूकै कारण मङ्सिर ४ गते नै चुनाव हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटक–पटक दोहोर्याउनुभयो । उपाध्यक्ष नेम्वाङले चुनावपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दाबी गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार चुनावदेखि डराइरहेको छ । चुनाव घोषणा गरेपछि सरकार साह्रै ठूलो त्रासमा छ । चुनाव हुन्छ भन्ने ढुक्क छैन । पालिका चुनाव पनि आफ्नो पार्टीको दबाबमा मात्रै गरेको हो । आफूलाई लोकतान्त्रिक हुँ भन्ने कांग्रेस नेतृत्वको सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न त्रसित छ ।’
उपाध्यक्ष नेम्वाङले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको आरोप लगाउनुभयो । उहाँले चुनावमा गएपछि नागरिकले आफ्नो पार्टीको पक्षमा मतदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।