किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी

 भदौ १८, २०७९ शनिबार १९:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । 

राखेपको ५९ औँ वार्षिकोत्सवको अवसरमा आज शनिवार आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो । विदेशी क्लबमा व्यावसायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तानसमेत रहेका थिए । दुई हप्ताअघि मात्र किरण सम्मिलित माल्दिभ्सको माजियाले माल्दिभ्स लिग र एएफए कपको उपाधि जितेको थियो ।

यस्तै गएको वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी पलेशाले मङ्सिरमा एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् । उनले ५७ केजीमुनि के ४४ तर्फ पहिलो स्थान प्राप्त गरेकी थिइन् । 

यस्तै टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भए । जुनियर महिलामा उत्कृष्ट बनेकी इभानाले यसै वर्ष माल्दिभ्समा भएको दक्षिण एसियाली क्याडेड तथा जुनियर टेबल टेनिस प्रतियोगिताको क्याडेड गल्र्स टिम इभेन्ट्समा रजत पदक जितेकी थिइन् भने सुदीपले १२ औँ राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । 

राखेपले वार्षिकोत्सवको अवसरमा नेपाल ट्रायथोलन सङ्घलाई उत्कृष्ट सङ्घ घोषणा गरेको छ । त्यस्तै राष्ट्रिय क्रिकेट टोली, राष्ट्रिय भलिबल टोलीलगायतलाई प्रायोजन गर्दै आएको केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ पनिसम्मानित भएको छ । द हिमालयन टाइम्सका खेलकुद ब्युरो प्रमुख महेश आचार्य र राससकी मुना कार्कीले खेलकुद पत्रकारको रूपमा सम्मान थापे । कार्यक्रममा खेलाडी, सङ्घ, पालिका, कर्मचारी, प्रायोजकलगायतलाई पनि सम्मान गरिएको थियो । खेलाडीसहित १६ जना सम्मानित भएका थिए । त्यस्तै दीर्घ सेवा पदक र परिषद् सेवा पद गरी एक सय ४१ ज्ना राखेप कर्मचारी पनि विभूषित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज, राखेप सदस्य सचिव टंकलाल घिसिङलगायतले खेलाडी, कर्मचारीलाई सम्मान र विभूषित गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया