रुस युराेपका नागरिककाे जिन्दगी तहसनहस गर्न चाहन्छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

 भदौ १९, २०७९ आइतबार २०:३५:२० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले रुसले युराेपका नागरिककाे सामान्य जिन्दगीलाई तहसनहस गर्न चाहेकाे बताउनुभएकाे छ । 

शनिवार जेलेन्स्कीले आफ्नाे नियमित सम्बाेधनमा भन्नुभयाे, रुसले जुन ठाउँमा मिसाइलले आक्रमण गर्न सक्दैन त्यहाँ उसले गरिबी र राजनीतिक अराजकताकाे सहारा लिइरहेकाे छ । 

रुसले मर्मतका लागि भन्दै युराेपका लागि ग्यासकाे पाइपलाइन याेजनाअनुसार फेरि नखुल्ने घाेषणा गरेसँगै भाेलाेदिमिर जेलेन्स्कीकाे याे प्रतिक्रिया आएकाे हाे । 

रुस–युक्रेन युद्धकाे बीच रुसले युराेपलाई ब्ल्याकमेल गर्नका लागि ग्यासकाे सहारा लिइरहेकाे युराेपकाे आराेप छ । यद्यपि रुसले भने यी आराेपकाे खण्डन गर्दै आएकाे छ । 

गएकाे फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे छ । आउँदाे समयमा यसकाे मूल्य अझ बढ्न सक्ने अनुमान गरिएकाे छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया