पाकिस्तानमा बाढी प्रभावितहरुमा स्वास्थ्य समस्या, १ लाख ३४ हजारभन्दा धेरैलाई झाडापखाला

 भदौ २०, २०७९ सोमबार ६:५३:२६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा बाढी प्रभावितहरुमा स्वास्थ्य समस्या देखिन थालेकाे छ । बाढीबाट प्रभावित सिन्ध प्रान्तका नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको हो  । त्यहाँ गर्भवतीहरु बढी प्रभावित भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढीपछि  ४७ हजारभन्दा धेरै गर्भवती आश्रय शिविरमा  बस्न बाध्य  छन् ।  सिन्ध प्रान्तका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढी पछि लाखौँ मानिस विभिन्न रोगबाट ग्रसित भएको बताउनु भएको छ। यो प्रान्तमा  १ लाख ३४ हजारभन्दा धेरैमा झाडापखाला र ४४ हजार जनामा मलेरिया देखिएको उहाँको भनाइ छ ।

बाढी पीडितमध्ये अहिलेसम्म एक लाखभन्दा धेरै जना चर्मरोगबाट पीडित छन् भने एक सयभन्दा बढी सर्पदंश र ५ सयभन्दा बढी कुकुरको टोकाइबाट पीडित भएका स्थानीय सञ्चारमाध्यले जनाएका छन् । पाकिस्तानमा आएको बाढीले झण्डै  ३ करोड ३० लाख मानिसलाई असर गरेको छ  भने दशौँ हजार विस्थापित भएका छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया