क्यानडामा चक्कु आक्रमण : १० जनाको ज्यान गयो, १५ जना घाइते

 भदौ २०, २०७९ सोमबार ९:२५:४० | एजेन्सी
unn.prixa.net

क्यानडाको सास्काचेवान प्रान्तमा चक्कु प्रहारबाट १० जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।

जेम्स स्मिथ क्री नेसन र वेल्डनलगायत १३ वटा छुट्टाछुट्टै ठाउँमा छुरा प्रहार भएको सास्काचेवान प्रान्तका प्रहरीले जनाएको छ ।

चक्कु आक्रमणमा दुई जना संलग्न रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा संलग्न रहेका उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । त्यहाँका प्रहरीले उनीहरुको तस्बिर सार्वजनिक गर्दै कतै आश्रय नदिन र गाडीमा लिफ्ट पनि नदिन आग्रह गरेका छन् ।

आरोपित दुई जनालाई पक्राउ गर्न ठाउँठाउँमा चेकप्वाइन्ट बनाइएको छ । आक्रमणको फेरि पनि जोखिम रहेको भन्दै त्यहाँका सबै नागरिकका मोबाइलमा सावधानी अपनाउन म्यासेज गरिएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया