बेलायतको प्रधानमन्त्रीमा लिज ट्रस पक्का, ऋषि सुनक पराजित

 भदौ २०, २०७९ सोमबार १७:३९:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको छ । कन्जरभेटिभ पार्टीका लागि भएको चुनावको मतपरिणाम अनुसार ट्रसले ऋषि सुनकलाई हराउनुभएको हो । अब ट्रसले भोलि मङ्गलवार महारानी एलिजाबेथ द्वितीयसँग नयाँ सरकार गठनको निम्तोका लागि भेट गर्नुहुने बीबीसीले जनाएको छ । 

मतपरिणामअनुसार लिज ट्रसले ८० हजार तीन सय २६ र ऋषि सुनकले ६० हजार तीन सय ९९ मत प्राप्त गर्नुभएको छ । विजयी भएपछि ट्रसले मतदातालाई धन्यवाद दिँदै बेलायतको सुखद भविष्यका लागि आफूले काम गर्ने बताउनुभएको छ । उहाँले ब्रेक्जिट, कोरोनाविरुद्धको सशक्त लडाइँ र युक्रेनमा रुसको दमनविरुद्ध अडिग रहेकोमा प्रधानमन्त्री बोरिस जोनसनलाई पनि धन्यवाद दिनुभएको छ । 

बेलायतको कन्जरभेटिभ पार्टीले प्रधानमन्त्रीका लागि कार्यकर्ताबाट नै नेतृत्व छान्ने गरेको छ । विभिन्न विवादमा मुछिएपछि चर्को आलोचनामा घेरिएका जोनसनले पद त्याग गर्ने घोषणा गर्नुभएकाे थियाे । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया