इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगले मतदानस्थलको सङ्ख्या बढाएको छ । यसअगाडि जम्मा १० हजार सात सय ५६ मतदानस्थल रहेकोमा अहिले बढाएर १० हजार आठ सय ८८ वटा पुर्याएकाे हो ।
यस्तै मतदानस्थल पुनरावलोकन गर्दा देशभरका चार सय एक वटा मतदानस्थललाई हटाइ नयाँ मतदानस्थल निर्धारण गरिएको छ । जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा एक हजार एक सय २३ वटा मतदान स्थलको त्रुटि सच्याइएको, साविकका तीन सय ६५ वटा मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी तीन सय ६४ वटा मतदानस्थल निर्धारण गरिएको आयोगले जनाएको छ ।
यस्तै एक सय ६३ वटा मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी एक सय ६९ वटा मतदानस्थल निर्धारण गरिनुका साथै २८ वटा मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदानस्थलमा र १५ वटा मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदानस्थलमा गाभिएको आयोगले जनाएको छ ।
मतदानस्थल पुनरावलोकन भएपछि पालिका चुनावमा मतदान गर्नका लागि वास बस्नुपर्ने, निकै टाढा जानुपर्ने लगायतका गुनासो सम्बोधन हुने अपेक्षा रहेको आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।