रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताउनुभएको छ ।
मङ्गलवार मन्त्रालयमा पत्रकारहरुसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री कार्कीले चुनाव निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै चुनावमा अहिलेको गठबन्धन कायम रहनेमा शङ्का नरहेको बताउनु भयो । उहाँले यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडोभन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताउनु भयो ।
मन्त्री कार्कीले भन्नुभयो, ‘चुनाव निर्धारित समयमा सम्पन्न हुन्छ । यो चुनावमा अहिलेको जुन गठबन्धन छ, यो गठबन्धन कायम रहन्छ । यो गठबन्धनले देशलाई राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउँछ । यो गठबन्धनले देशको राजनीतिलाई सही ट्रयाकमा ल्याउन गठबन्धनको निर्माण भएको हो । यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो भाषणमा, टेलिभिजनमा, दस्ताबेजमा होइन, व्यवहारमा अनुभूत हुने गरेर अघि बढाउने दृढ सङ्कल्पका साथ अघि बढ्छ । सिट तीन आधारमा बाँडफाँट हुन्छ, न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुनेछ ।’
मन्त्री कार्कीले गठबन्धनभित्र आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका सिट बाँडफाँट कार्य सम्पन्न हुने स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।