एमाले सांसदले परमादेशी सरकार भनेकोप्रति कानुनमन्त्री आक्रोशित

 भदौ २१, २०७९ मंगलबार १८:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई कामचलाउ सरकार नभन्न आग्रह गर्नुभएको छ । 

मङ्गलवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै मन्त्री कोइरालाले प्रतिपक्ष दलका सांसदले अहिले पनि संविधानले न्यायपालिकालाई दिएको स्वतन्त्र अधिकारको निर्णयलाई काम चलाउन नभन्न भन्दै आक्रोश पोख्नुभएको हो । उहाँले संविधानले कामचलाउ सरकारको परिकल्पना नगरेको उल्लेख गर्दै एकछिनको न्यानो नहेरी भावी दिनलाई सोचेर बोल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी हरेक पटक कामचलाउ सरकारको कुरा किन गरिरहेका छौँ ? संविधानले कामचलाउ सरकारको परिकल्पना गरेको छ ? हामी अहिले पनि जिम्मेवार ठाउँमा बसेर भोलि सरकार चलाउनुपर्नेहरूले भनिरहेका छौँ । अहिलेको प्रतिपक्षले भोलि सरकार चलाउनुपर्छ । हामी परमादेशी सरकार भन्छौँ, आज पनि यो शब्द आयो, नेपालको संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकारलाई प्रयोग गरेर गरेको निर्णयलाई हामीले व्यङ्ग्यात्मकरूपमा यो संसदमा प्रश्न उठाइरहन्छौँ भने कस्तो न्यायपालिकाको कल्पना हामी गरिरहेका छाँै ।’

मन्त्री कोइरालाले विदेश नीति, संविधानका सिद्धान्त र स्वतन्त्र न्यायपालिकाका बारेमा जथाभाबी शब्द प्रयोग नगर्न प्रतिपक्ष दल एमालेका सांसदसँग आग्रह गर्नुभयो । उहाँले संसदमा परराष्ट्र नीतिका बारेमा सांसदले जथाभाबी बोल्दा परराष्ट्र सम्बन्ध बिग्रिँदै गइरहेको बताउनुभयो ।

उहाँले कानुनमन्त्रीले आफ्नो समयावधि बढाउनका लागि प्रस्ताव ल्याएको भन्ने कतिपय सांसदले आरोप लगाएकोप्रति आपत्ति जनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया