पुनर्निर्माण प्राधिकरणलाई सक्रिय बन्न अर्थमन्त्रीको निर्देशन

 जेठ २३, २०७५ बुधबार १३:३३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपछिको पुनर्निर्माणमा घरधनी, जनप्रतिनिधि र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । निजी आवाज पुनर्निर्माण सम्बन्धी समस्या पहिचान र समाधानबारे काठमाडौं जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले पुनर्निर्माणमा दाताबाट लिएको ऋण र आन्तरिक स्रोतबाट खर्च गरिएको हुनाले यो खर्चको एकएक हिसाब राख्नुपर्ने बताउनुभयो ।

दाताबाट लिएको ऋण तिर्नुपर्ने भएकाले त्यसको सदुपयोगमा पनि अर्थमन्त्री खतिवडाले जोड दिनुभयो । आन्तरिक स्रोतबाट पुनर्निर्माणमा हुने खर्चको एक–एक पैसाको हिसाब नागरिकलाई दिनुपर्ने भएकाले इमान्दारीतामा पारदर्शिता हुने गरी काम गर्न अर्थमन्त्री खतिवडाको निर्देशन थियो । उहाँले सहुलियपूर्ण र निव्र्याजी ऋण विवेकपूर्ण तरिकाले दिने बिषयमा राष्ट्र बैँकलाई उचित निर्णय गर्न निर्देशन दिनुभयो । 

अर्थमन्त्री खतिवडाले बचतकर्ताको बचत पनि नडुबोस् तर भूकम्पपछिको पुनर्निर्मिाणमा सहयोग पुग्ने गरी आवश्यक निर्णय लिन राष्ट्र बैंकलाई निर्देशन दिनुभयो । एक वर्षभित्र सबै भूकम्प प्रभावितको घर पुनर्निर्माण भइसक्नेगरी काम गर्न पनि अर्थमन्त्री खतिवडाले निर्देशन दिनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया