जापोरीझिया परमाणु केन्द्र सुरक्षाका लागि राष्ट्रसङ्घीय निकायको आह्वान

 भदौ २२, २०७९ बुधबार ९:४४:२१ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्रसङ्घीय निकायले युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र जापोरीझियाको सुरक्षाका लागि आह्वान गरेको छ । केन्द्र वरपर भएको आक्रमणका कारण त्यहाँको रेडियोधर्मी विकिरण निस्कन सक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले आक्रमण रोक्न रुस र यूक्रेनलाई अनुरोध समेत गरेको छ । केन्द्रको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय (आइएइए)ले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो ।

गएको मार्च महिनादेखि यूक्रेनको जापोरीझिया केन्द्र रुसको कब्जामा छ । त्यहाँ पटक पटक आक्रमणका घटना भएका छन् । तर संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय भने कुनै पक्षमाथि दोष नथोपर्न सतर्क देखिएको बीबीसीले उल्लेख गरेको छ । अनुगमनपछि सार्वजनिक भएको प्रतिवेदनमा रुसी सैन्य नियन्त्रणमा रहेर काम गरिरहेका नाै सय सात जना कर्मचारीले भोगिरहेको अति तनावपूर्ण परिस्थिति उल्लेख छ ।
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया