एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ ।
बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकोले सबैको संलग्नता र सहयोगको आवश्यक भएको बताउनु भयो ।
‘यो हाम्रो ऐतिहासिक दिन हो । इन्द्रजात्रा भन्ने पर्व सांस्कृतिक पर्व हो । हाम्रो पहिचान र सभ्यता हो । यसको ऐतिहासिक महत्व छ । हाम्रा जात्रा, पर्व, संस्कृतिहरुको लागि हिजोको अवस्थामा जसरी सञ्चालनको लागि व्यवस्था भएको थियो, त्यो अब समयसापेक्ष परिमार्जन गर्नुपर्छ', उहाँले भन्नुभयो, 'यसमा दिइरहेका जुन खालका अनुदानहरु छन्, सञ्चालनको लागि दिने रकम अहिलेको समय सापेक्ष बढाउनुपर्छ । संस्कृतिको संरक्षणका लागि समयानुकुल, समर्थन र सहयोग गर्नुपर्छ । यो पैसाले मात्रै बच्ने संस्कृति होइन, सबैको संलग्नतामा मात्रै यी पर्वहरु आयोजना हुनसक्छ । गुठीहरुलाई कसरी संरक्षण गर्ने, यसको लागि चाहिने खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा हेरेर समयसापेक्ष परिमार्जन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’
मन्त्री श्रेष्ठले सांस्कृति पर्वहरुलाई जोगाइराख्न त्यसमा सम्बद्ध गुठीहरुलाई पनि संरक्षण गर्नुपर्ने भन्दै गुठीहरुको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।