राष्ट्रिय सभाका ४ वटा विषयगत समितिका सभापति निर्विरोध

 भदौ २२, २०७९ बुधबार १५:५७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभाका चार वटा विषयगत समितिका सभापति निर्विरोध हुने पक्का भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय सभाका चार वटा विषयगत समिति सभापतिको चुनावका लागि चार जनाको मनोनयन दर्ता भएको जानकारी दिनुभयो । हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने पक्का छ ।

जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुसालले मनोनयन दर्ता गर्नुभएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्माको मनोनयन परेको छ । त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीको मनोनयन दर्ता भएको छ ।

चार वटै विषयगत समितिको सभापतिहरूको चुनाव भोलि बिहीवार हुने कार्यतालिका तय भए पनि निर्विरोध उम्मेदवारी परेकाले भोलि १ बजेपछि औपचारिकरूपमा घोषणा गरिने राष्ट्रिय सभाका सचिव फुयाँलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया