भारतमा कार तथा बसमा सिट बेल्ट अनिवार्य, अगाडि सिटमा बस्ने सबैले बाँध्नुपर्ने

 भदौ २२, २०७९ बुधबार १८:१२:४७ | एजेन्सी
unn.prixa.net

भारत सरकारले सडक यातायातका क्रममा कार तथा बसमा सिट बेल्ट लगाउन अनवार्य गरेको छ । कार तथा बसको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लगाउनु अनिवार्य भएको भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलगाएको पाइएमा उनीहरूलाई कडा कारबाही गरिने नियम ल्याएको मन्त्री गडकरीले बताउनुभयो । भारतका एक जना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्त्रीकाे गएकाे मङ्गलवार कार दुर्घटनामा परेर ज्यान गएको थियो । भारतको मुम्बईमा उहाँको ज्यान गएको एक दिनपछि भारतको केन्द्रीय सरकारले सिट बेल्ट लगाउनुपर्ने नियमको घोषणा गरेको हो । 

कार दुर्घटनाका क्रममा मिस्त्री आफ्नो कारको चालकसँगैको सिटमा बस्नुभएको र उहाँले सिट बेल्ट नबाँध्नुभएको भारतीय प्रहरीले जनाएको छ । उहाँको पछि बसेका अरू व्यक्तिले भने सिट बेल्ट बाँधेका थिए । यसका कारण उनीहरु सुरक्षित रहेका थिए ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया