उत्तरी आयरल्यान्डसँगको व्यापार विवाद वार्ताबाटै समाधान हुने बेलायतका प्रधानमन्त्री ट्रसको विश्वास

 भदौ २३, २०७९ बिहीबार ७:६:२१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले युरोपेली सङ्घ (ईयू) सँगको वार्ताले उत्तरी आयरल्यान्डमा ब्रेक्जिटपछिको व्यापारको विवाद सुल्झाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हिजो औपचारिक रूपमा पदभार ग्रहणपछि प्रधानमन्त्रीका रूपमा पहिलो पटक संसदमा सम्बोधन गर्दै उहाँले आफ्नो मुख्य प्राथमिकता नै वार्ताबाट समाधान निकाल्नु रहेको बताउनुभयो । तर उत्तरी आयरल्यान्डको कानुनमा आफूहरुले तय गरेका सबै सर्तहरु पूरा हुनुपर्नेमा उहाँको जोड छ ।

बेलायत सरकारले बेलायत, स्कटल्यान्ड र वेल्सबाट उत्तरी आयरल्यान्डतर्फ जाने सामानमा आन्तरिक सीमा जाँचको विरोध गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चिन्ता व्यक्त गर्दै आएका बेला बेलायतका नवनियुक्त प्रधानमन्त्री ट्रसले आफ्नो पहिलो प्राथमिकता शान्ति सम्झौताको ‘सर्वोच्चताको रक्षा’ रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

लिज ट्रस अस्ति बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको हो।     
         
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया