रुसले नियन्त्रणमा लिएकाे केही बस्तीमा आफूले कब्जा जमाएकाे युक्रेनको दाबी

 भदौ २३, २०७९ बिहीबार ९:०:४७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसले नियन्त्रणमा लिएका केही बस्तीमा आफूले नियन्त्रण गरेको युक्रेनले दाबी गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबीसहित त्यसलाई सुखद समाचारको संज्ञा दिनुभएको छ । तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुन ठाउँहरू आफ्नो पकडमा आएका हुन् भन्ने बारेमा खुलाउनुभएको छैन ।

पूर्वी खार्किभ क्षेत्रमा सम्भावित सफलताको बारेमा केही दिनदेखि चर्चा भइरहेको छ । तर युक्रेनी अधिकारीहरूले यसबारे कुनै जानकारी नदिएका बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरूले युक्रेनले रुसी सेनाहरू विरुद्ध बिस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेको बताएका छन् ।

अमेरिकाका वरिष्ठ रक्षा अधिकारी कोलिन काहलले युक्रेनी सेनाले केही क्षेत्रमा रुसी सेनाहरूले भन्दा राम्रो प्रदर्शन गरिरहेको बताउनुभएको हो । युक्रेनले पछिल्लो हप्ता पूर्व र दक्षिणमा आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ ।

युक्रेनी सैनिकहरूले खार्किभको दक्षिण–पूर्वमा, डोनेट्स्कको पूर्वी क्षेत्रतर्फ आक्रमण सुरु गरेका छन् । ती क्षेत्रमा ६ महिनाअघि युद्ध सुरु भएदेखि रुसले सैन्य नियन्त्रण कायम राखेको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ७ महिना भइसकेको छ । राष्ट्रपति जेलेन्स्कीले २७ अर्ब डलरभन्दा बढी युद्धका क्रममा रक्षामा खर्च भएको जानकारी समेत दिनुभएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया