संविधान जाेगाउन विचित्रकाे गठबन्धन, कांग्रेसले कम्तीमा १ सय सिट पाउनुपर्छ : काेइराला

 भदौ २३, २०७९ बिहिबार १४:५६:१० | प्रेमनारायण आचार्य
unn.prixa.net

धनुषा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकपा एमालेको षड्यन्त्र असफल बनाउन सिद्धान्त नमिले पनि दलहरूबीच गठबन्धन बनेको बताउनुभएकाे छ । 

वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाकाे जनकपुरधाममा आयाेजना गरेकाे विचार गाेष्ठीमा बाेल्दै नेता काेइरालाले भन्नुभयाे, ‘नेकपा एमालेले संविधान असफल बनाउन खोजेपछि कांग्रेसको नेतृत्वमा विचित्रको गठबन्धन बनेको हाे । तर याे गठबन्धन पवित्र हो कि अपवित्र भन्ने चाहिँ म भन्न सक्दिन ।’

कार्यक्रममा बाेल्दै नेता काेइरालाले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा पनि आफ्नो अडान राख्नुभयाे । कांग्रेसले केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेकाले त्यसका लागि कांग्रेसले कम्तीमा एक सय सिट पाउनुपर्ने उहाँको भनाइ छ । उहाँले अहिले गुटको राजनीति गर्ने समय नभएको भन्दै विना भेदभाव उम्मेदवार छनाेट गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराउनुभयाे । 

उहाँले भन्नुभयाे, ‘हामी कुनै गुटको राजनीति गर्दैनाैँ । गुटको राजनीति जति बेला गर्नुपर्ने हो त्यति बेला गरौँला । तर अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने छ । त्यसका लागि चुनाव जित्न सक्ने नेतालाई विना भेदभाव टिकट दिनुपर्छ । टिकट वितरण न्यायोचित हुनुपर्छ ।’

अन्तिम अपडेट: बैशाख ९, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया