‘मेक इन इन्डिया नीतिका कारण भारतमा अत्याधुनिक हतियार र लडाकु विमानको कमी’

 भदौ २३, २०७९ बिहीबार १५:२१:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : ब्लूमबर्ग

'मेक इन इन्डिया' नीतिका कारण भारतमा अत्याधुनिक हतियारको भण्डारणमा कमी आएको एक रिपोर्टले दाबी गरेको छ । भारत सरकारले आत्मनिर्भरताका लागि भन्दै ल्याएको मेक इन इन्डिया नीतिका कारण देश हतियारको क्षेत्रमा चीन र पाकिस्तानभन्दा कमजोर बन्दै गइरहेको अमेरिकी अर्थ राजनीतिक सञ्चारमाध्यम ब्लुमबर्गको रिपोर्टले देखाएको छ । 

मेक इन इन्डिया नीतिका कारण भारतीय स्थल सेना, वायु सेना र नौसेनाले आवश्यक हतियार किन्न नपाएको रिपोर्टलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ । नीति नसच्याएमा सन् २०२६ सम्म भारतसँग हेलिकप्टरको समेत कमी हुने र सन् २०३० मा भारत धेरै कमजोर बनिसक्ने खबरमा उल्लेख छ । 

सन् २०१४ मा सत्तामा आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मोबाइल फोनदेखि लडाकु विमानसम्म भारतमै बनाउने भन्दै मेक इन इन्डिया नीति सार्वजनिक गर्नुभएको थियो । यसको मुख्य उद्देश्य चीनबाट आयात हुने सामान रोक्नु र विदेशी मुद्राको सञ्चिति बढाउनु थियो । तर घोषणाको आठ वर्षसम्म भारतले देशमै अत्याधुनिक हतियार बनाउन सकेको छैन भने आयातमा पनि कमी आएको छ । तर पनि भारत विश्वमै सबैभन्दा धेरै हातहतियार खरिद गर्ने मुख्य देशको सूचीमा पर्दछ । भारतका छिमेकी देश चीन र पाकिस्तानले रक्षा बजेट र हातहतियारमा ठूलो लगानी गरिरहँदा भारत पछि पर्न सक्ने रक्षा विश्लेषकले बताएका छन् । 

भारतले स्थानीयस्तरमा केही हतियार, हेलिकप्टर र लडाकु विमान बनाइरहेको छ तर डिजल पनडुब्बी र दुई इन्जिनयुक्त लडाकु जहाज भने बनाउन सकेको छैन । बेङ्गलाेरमा रहेको हिन्दुस्थान एरोनटिक्स लिमिटेडसँग हरेक वर्ष जम्मा आठ वटा लडाकु विमान बनाउने क्षमता रहेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया