भारतले धान चामल निर्यातमा भन्सार बढायाे, कनिका निर्यातमा रोक लगायो

नेपाली बजारमा प्रत्यक्ष असर गर्ने

 भदौ २४, २०७९ शुक्रबार १४:२५:२० | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

भारतले आज शुक्रवारदेखि कनिका निर्यातमा रोक लगाउनुको साथै धान चामल निर्यातमा २० प्रतिशत भन्सार बढाएको छ । आफ्नो उत्पादन घटेको र रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सङ्कट बढ्दै गएकोले आफ्नो बजारमा मूल्य नियन्त्रणका लागि धान चामलमा भन्सार वृद्धि र कनिका निर्यातमा रोक लगाएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

भारतका केही राज्यमा कम वर्षा हुँदा गएको वर्षको तुलनामा धान रोपाइँ झन्डै ६ प्रतिशतले घटेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतले गएको आर्थिक वर्ष दुई करोड १२ लाख टन चामल निकासी गरेको थियो । भारतले यसअघि नै गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

यसैबीच भारतले धान चामल निर्यातमा गरेको भन्सार वृद्धि र कनिका निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजार पनि प्रभावित हुने भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार नेपालले गएको वर्ष ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको भाउ बढ्नेछ भने कनिका निर्यातमा लगाइएको रोकले जाँड–रक्सी, दानालगायतका उत्पादनमा असर पर्नेछ । मुख्य चाडबाडकै बेला भारतले गरेको करवृद्धिका कारण नेपाली बजार प्रभावित हुने देखिन्छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Santosh Tiwari

    Sept. 9, 2022, 4:01 p.m.

    yo vanda ramro kehi hunai sakdaina taba matra nepali haru xadiyaka bajo khet bari ma kaam ganrna thalxan ...

  •  0 Reply

तपाईको प्रतिक्रिया