फिन्चले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरे, टी–२० काे कप्तान रहिरहने

 भदौ २५, २०७९ शनिबार ९:२२:१२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अस्ट्रेलियाका कप्तान एराेन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घाेषणा गरेका छन् । फिन्चले शनिवार एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

न्युजिल्यान्डसँग आइतवार हुने तेस्राे तथा अन्तिम एकदिवसीय फिन्चकाे बिदाइ खेल हुनेछ । ३५ वर्षीय फिन्चकाे याे एक सय ५६ औँ खेल हुनेछ । फिन्चले एकदिवसीय क्रिकेटमा पाँच हजार चार सय एक रन बनाएका छन् । उनी अस्ट्रेलियाका लागि सबैभन्दा धेरै एकदिवसीय शतक बनाउने चाैथाे ब्याटर हुन् । फिन्चले एकदिवसीयमा १७ वटा शतक बनाएका छन् । उनीभन्दा अघि रिकी पाेन्टिङकाे २९ तथा डेभिड वार्नर र मार्क इडवार्ड वागले समान १८/१८ वटा शतक बनाएका छन् । 

अब एराेन फिन्चले आफ्नाे ध्यान यही वर्ष हुने टी–२० विश्व कपमा रहने बताएका छन् । टिमकाे कप्तानी पनि उनले नै गर्नेछन् । फिन्च केही समयमता खेलमा राम्राे रन बनाउन सकिरहेका थिएनन् र यही कारण उनले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने बताएका हुन् । फिन्चले आफू केही यादगार एकदिवसीय शृङ्खलाकाे हिस्सा बन्न पाएकाेमा खुसी पनि व्यक्त गरेका छन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया