रौतहटको रङ्गपुर स्वास्थ्यचौकीकाे प्रसूतिगृह सञ्चालनमा नआउँदा महिलालाई सास्ती

 भदौ २५, २०७९ शनिबार १४:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - रौतहटको रङ्गपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसूति गृह झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीय समस्यामा परेका छन् ।

गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भए पनि सञ्चालन हुन नसक्दा महिलाहरु सुत्केरी गराउन अन्यत्र जानुपर्ने बाध्यता छ ।

सामुदायिक विकास कार्यक्रम (सीडीपी) सहित नगरपालिका र स्थानीयको गरी झन्डै ४१ लाख रुपैयाँ लगानीमा २०७५ सालमै प्रसूतिगृहको निर्माण सकिएको हो । तर अझै सञ्चालन नहुँदा त्यहाँका महिलाहरु सुत्केरी गराउन चन्द्रपुर, वीरगञ्ज तथा भरतपुर जानुपर्ने बाध्यता रहेको स्थानीय राधाकुमारी भट्टराईले जानकारी दिनुभयो ।

प्रसूति गृह सञ्चालनको लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सूचीकृत हुनुपर्छ । तर निर्माण सम्पन्न भएको ४ वर्षसम्म सूचीकृत भएको छैन । प्रसूतिगृह सञ्चालनको लागि पहल भइरहेको  गुजरा नगरपालिकी  उपमेयर रत्ना लामाले बताउनुभयो ।

प्रसूति गृह सञ्चालनमा नआउँदा सबैभन्दा बढी मार आर्थिक रुपमा कमजोर समुदायका महिलाहरुलाई परेको छ । टाढाको अस्पतालमा लैजाने एम्बुलेन्स खर्च, औषधि उपचार तथा खर्च बेहोर्न ऋण खोज्नुपर्ने उनीहरुको बाध्यता छ ।  
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया