चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा पहिलो सम्बाेधन, छोरा विलियम प्रिन्स अफ वेल्स बन्ने घोषणा

 भदौ २५, २०७९ शनिबार १५:२५:११ | एजेन्सी
unn.prixa.net

बेलायती महाराज चार्ल्स तृतीयले राष्ट्रको नाममा पहिलो सम्बाेधन गर्नुभएको छ ।

आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा बनेका चार्ल्सले पहिलो पटक राष्ट्रको नाममा सम्बाेधन गर्नुभएको हो ।

चार्ल्स तृतीयले म आज तपाईँहरूसँग गहिरो दुःखको भावनाका साथ कुरा गर्छु भन्दै सम्बोधन सुरु गरेर आफ्नी आमालाई श्रद्धाञ्जली अर्पण गर्दै अन्त्य गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले आफ्नो परिवार र देशहरुप्रति दिएको माया, समर्पण र लगनशीताका साथ गरेको सेवाको लागि आमाप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले आफ्नो परिवार आमाप्रति हृदयदेखि नै ऋणी रहेको पनि बताउनुभयो। महारानी एलिजाबेथ द्वितीयको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

सन् १९५२ मा राज्यारोहण गर्नुभएकी एलिजाबेथले सात दशक शासन गर्नुभएको थियो । महाराज चार्ल्स तृतीयले छोरा विलियम प्रिन्स अफ वेल्स बन्ने घोषणा पनि गर्नुभयो । 

अन्तिम अपडेट: चैत २३, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया