बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल

 भदौ २५, २०७९ शनिबार १६:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

चितवनमा पत्रकारसँगको कुराकानीमा उहाँले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताउनुभएको हो । अहिले नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । जलविद्युत् उत्पादनमा साझेदारी गर्न बङ्गलादेशसँग सहमति भएको र यसैवर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जाने उहाँको भनाइ छ ।

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै मन्त्री भुसालले घरायसी प्रयोजनका लागि सरकारले मूल्य घटाइएको र कृषि तथा सिँचाइमा ७५ प्रतिशत महसुल घटाइएको समेत जानकारी दिनुभयो ।    
 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया