जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्छ : अध्यक्ष ओली

 भदौ २५, २०७९ शनिबार १८:५७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो,'यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ ।' उहाँले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाउनुभयो । उहाँले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गर्नुभयो ।

ओलीले संसद् बहस र विधिका आधारमा चल्नु पर्दछ भन्दै व्यक्तिले संसद् चलाउन खोज्नु देशलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले चुनावकाे मिति घोषणा भइसकेका अवस्थामा सरकारले कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत कार्य भएको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र चुनावका लागि प्रशासन सञ्चालनको जिम्मा आफ्नो हातमा लिनुपर्ने र न्यायाधीशमार्फत चुनाव परिचालन गर्नुपर्ने सुझाव दिनुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया