बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार अर्काे हप्ता गरिने

 भदौ २६, २०७९ आइतबार १२:१५:५७ | एजेन्सी
unn.prixa.net

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ तारिख अर्थात आउँदो असोज ३ गरिने भएको छ ।

वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि पार्थिव शरीरलाई चार दिन श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

नागरिकलाई पनि शवपेटिका हेर्न दिइने भएको छ । महारानीको राजकीय अन्तिम संस्कारमा परिवार र आफन्तसहित राजनीतिक नेता र विश्वका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

सेप्टेम्बर १९ का दिन बेलायतमा सार्वजनिक बिदा घोषणा गरिएको बीबीसीले जनाएको छ । राजा चार्ल्स तृतीयले अन्तिम संस्कारको दिन बिदा दिइने पुष्टि गर्नुभएको थियो । महारानी एलिजाबेथको गएको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको थियो ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया