अब मलेसिया जाँदा पैसा तिर्नु पर्दैन, श्रम सम्झौतामा सहमति

 असोज १२, २०७५ शुक्रबार १८:३:३१ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – नेपाली कामदारको लागत रोजगारदाताले नै बेहोर्ने सहमति सहित नेपाल र मलेसिया बिच दुई पक्षीय श्रम सम्झौतालाई अन्तिम रुप दिइएको छ । मलेसियाको पुत्राजयमा सम्पन्न नेपाल र मलेसियाका उच्च अधिकारीबीचको छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएको हो ।  

कामदारको हकहित र सुरक्षाका विषयमा दुवै देशका चासोका विषयहरु सम्बोधन भएको मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।

नेपालको मुख्य चासोको रुपमा रहेको नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै लागत मलेसियन रोजगारदाताले ब्यहोर्ने सहमति भएको छ । दुवै पक्षले आन्तरिक प्रक्रिया पुरा गरेपछि कुटनीतिक माध्यमबाट हस्ताक्षरको मिति यथाशक्य तय गरी सम्झौता हुनेछ ।

सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरन नेपाल आउनु हुने छ । नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्नुहुनेछ । 

मलेसियासँग एमओयु गर्न तीन पटक मस्यौदाको ड्राफ्ट आदानप्रदान गरिएको थियो । दुई पक्षबिच पटक पटक भएको छलफलबाट मस्यौदा संसोधन र सहमति जुटाउँदै यसपटक अन्तिम रुप दिन लागिएको हो । 

अन्तिम अपडेट: चैत १, २०८०

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

5 Comments

  • Shahadeb dahal

    Sept. 29, 2018, 12:56 p.m.

    गफ मै सीमित नहोस सरकार, गरेर देखाउ /

  •  0 Reply
  • Chhiring

    Sept. 29, 2018, 7:26 a.m.

    Jati sakxa chado vanda chado malaysia khulnu parxa lakhau yuba haru ko rojai ma parne malaysia nai na khulyo vane ramro hudaina...

  •  0 Reply
  • कुमार आङ्देम्बे

    Sept. 29, 2018, 6:19 a.m.

    नमस्कार म कुमार हाल मलेसिया बाट तपाई हरु भन्नू भन्नुहुन्छ यो प्रक्रिया ले अन्तिम रुप लिएको त्यस पछि मलेशिया कोपनि श्रम मन्त्री नेपाल आएपछी भन्नू हुन्छ के अब यो काम वा कहिले सम्ममा टुंगोमा हुने हो यो जान्कारी को लागि आभारी छु ।

  •  0 Reply
  • Nabinjang thapa

    Sept. 29, 2018, 2:26 a.m.

    It never use in real life

  •  0 Reply
  • बिक्रम सुब्बा लिम्बु

    Sept. 28, 2018, 6:39 p.m.

    अब मलेशिया कहिले सम्ममा खुल्छ होला र अब कामदारले लागत कति सम्म तिर्नु पर्छ? र पहिले नै भिषा आएर रोकिएको हरू र फेरी जानलाई त्यहि भिषामा जान मिल्छ कि फेरी apply गर्नु पर्छ? र यदि फेरी apply गर्नु पर्छ भने पहिले गरिएको मेडिकल, साथै अन्यको लागी गरिसकिएको खर्च जुन ११२०० कस्ले दिने हो सरकारले कि सम्बन्धित म्यानपावर कम्पनिले दिने हो? जानकारी पाए आभारी हुने थिए धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया