रुसले कब्जा गरेको कुपियान्स्क क्षेत्र युक्रेनी सेनाले फिर्ता लिए

 भदौ २६, २०७९ आइतबार १९:५७:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयको दाबीअनुसार युक्रेनी सेनाले भिषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् ।

कुपियान्स्क पूर्वी युक्रेनमा रुसी सेनाका लागि अत्यावश्यक आपूर्ति केन्द्र हो । यो सहरलाई रुसले फेब्रुअरीमा आक्रमण भएको एक हप्तापछि नै कब्जामा लिएको थियो । युक्रेनी विशेष बलहरूले कुपियान्स्क फिर्ता गर्नुलाई निकै महत्त्वपूर्ण सफलता भनेका छन् । बीबीसीले लेखेको छ, यदि युक्रेनी सेनाले यो सहर फिर्ता गरेको हो भने रुसले कब्जा गरेका हरेक ठाउँ पुनः फर्काउन युक्रेन सक्षम र सफल हुँदैछ । 

युक्रेनले रुसले कब्जा गरेको तीन हजार वर्ग किलोमिटर भूमि फिर्ता भइसकेको दाबी गरेको छ । रुसले कब्जा गरेका अन्य थुप्रै सहरलाई अहिले युक्रेनी सेनाले घेरेका छन् । युक्रेनी सेना पूर्वी क्षेत्रमा मात्रै नभइ दक्षिणी क्षेत्रमा पनि अघि बढेका छन् ।

युद्धमा युक्रेन आक्रामक बन्दै गएपछि रुसले आफूले कब्जा गरेको सहरको रक्षा गर्न सबैभन्दा अनुभवी सेनाको बटालियन तैनाथ गर्न सुरु गरेको छ । दक्षिणी मोर्चामा लडिरहेका रुसी सेनाहरूसमेत अहिले रक्षात्मक स्थितिमा बसेका युक्रेनले जिकिर गरेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया