युक्रेनको खार्किभ र डोनेट्स्कलगायतका पूर्वी क्षेत्रमा बिजुली आपूर्ति ठप्प, झण्डै ९० लाख नागरिक प्रभावित

 भदौ २७, २०७९ सोमबार ११:३१:५९ | एजेन्सी
unn.prixa.net

रुसको आक्रमणका कारण युक्रेनको खार्किभ र डोनेट्स्कलगायतका पूर्वी क्षेत्रमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ । बिजुली बत्तीको आपूर्ति ठप्प हुँदा त्यहाँका झण्डै ९० लाख नागरिक प्रभावित भएका छन् ।

युक्रेनको सेनाले पूर्वी क्षेत्रमा आफूले तीन हजार वर्ग किलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुनः प्राप्त गरेको बताएपछि त्यहाँ ‘ब्लाकआउट’ भएको दाबी गरिएको छ । तर, यसको पुष्टि भने हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

खार्किभका मेयर इहोर तेरेखोभका अनुसार रुसले नागरिक पूर्वाधारमा गरेको आक्रमणका कारण सहरको धेरैजसो भागमा बिजुली बत्ती र पानी छैन ।

विद्युत् कटौतीपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेर ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउनु भएको छ ।   
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया