नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छ : राष्ट्रपति भण्डारी

 भदौ २७, २०७९ सोमबार १५:१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभएको छ । 

सोमवार काठमाण्डाैमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले परापूर्वकालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्त्वलाई उजागर गर्न आवश्यक रहेको बताउनुभयो । नेपाली समाजका युगौँदेखि रहँदै आएका लोकसाहित्य एवम् साहित्यिक कृतिहरूलाई सङ्कलन गरी बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘नेपाली ज्ञानभूमि हो । यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै काम गर्न बाँकी छ । नेपाली समाजका युगौँदेखि रहँदै आएका लोकसाहित्य एवम् साहित्यिक कृतिहरूलाई सङ्कलन गरी बाहिर ल्याउनुपर्ने छ । नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्‍याएर प्रमाणित गर्नुपर्छ ।’

राष्ट्रपति भण्डारीले कविता महोत्सवले अन्तरपुस्ताको सम्बन्धलाई स्थापना गर्ने र नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया