कीर्तिपुरमा मिटरब्याज पीडितमाथि लाठी चार्ज

 भदौ २७, २०७९ सोमबार १४:५८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – न्याय खोज्दै काठमाण्डौ आएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको मिटरब्याज पीडित जीतबहादुर थापाले जानकारी दिनुभयो ।

आफ्ना माग समेटिएका नारासहितका प्ले कार्ड बोकेर प्रदर्शनमा रहेका उनीहरूलाई प्रहरीले लाठी प्रहार गरेर कीर्तिपुर गेट नजिकैबाट पक्राउ गरेको हो । प्रहरीको कुटाइबाट केही प्रदर्शनकारी घाइते भएका छन् । ३५ जना पक्राउ परेका प्रदर्शनमा सहभागी जीतबहादुर थापाले जानकारी दिनुभयो ।

तराईको विभिन्न जिल्लाबाट आएका उनीहरूले ४१ दिनदेखि माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका छन् । कीर्तिपुरमा बस्ने उनीहरू माइतीघर मण्डलामा जाँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको हो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया