चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाण्डाैमा (तस्बिरहरू)

 भदौ २७, २०७९ सोमबार १५:५१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपाल आइपुगेको छ । ली चान्सुसहितको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ ।

सभामुख सापकोटा र चान्सुबीच आजै बेलुका सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता हुुँदैछ । भोलि मङ्गलवार अध्यक्ष चान्सुले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चान्सुसँग संसद् भवनमै भेटवार्ता गर्ने तालिका रहेको छ ।

जनकंग्रेसका अध्यक्ष चान्सुले पर्सि बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिस्ट पार्टीका दोस्रो वरीयताका नेता नेपाल आउन लाग्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया