रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - मिटरब्याजी अपराधी नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन पेस गरेको छ । गृहमन्त्री खाणलाई कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले प्रतिवेदन बुझाउनुभएको हो ।
प्रतिवेदनमा २ हजार २ सय ८९ उजुरी परेको उल्लेख गरिएको छ । ती उजुरीमध्ये ५९ फरफारक भइसकेका छन् । सात उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अरु सात जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारणहरू, श्रमिक तथा गरिब किसानका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्नका कारणहरू, साहु महाजनसँग ऋण लिने प्रक्रिया, मिटरब्याजीविरुद्ध उजुरी गर्दा पनि ऋणी पक्ष कमजोर हुने कारणहरू, मिटरब्याजको दुष्चक्र, मिटरब्याजी विरुद्धको कारबाहीका अन्तर्राष्ट्रिय अभ्यास एवम् अदालती प्रक्रियामा पीडितको अवस्थाका बारेमा विस्तृत विश्लेषण गरिएको छ ।
देशैभरिबाट मिटरब्याज पीडितहरु काठमाण्डौ आएर धर्ना लगायतका आन्दोलनका कार्यक्रम गर्न थालेपछि सरकारले साउन २७ गते कार्यदल गठन गरेको थियो । कार्यदल गठन गरेर कारबाही प्रक्रिया अघि बढाएको भए पनि काठमाण्डौको माइतीघरमा धर्ना रोकिएको छैन । समस्या समाधान नभइ घर नफर्कने पीडितहरु बताउँछन् ।
यसैबीच हिजो कीर्तिपुरबाट धर्नाका लागि माइतीघर आउँदै गर्दा प्रहरीले बाटोमै हस्तक्षेप गरेर पीडितहरुलाई पक्राउ गरेको थियाे । पक्राउ गर्ने क्रममा भएको झडपमा केही पीडितहरु घाइते समेत भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।