रुसकाे कब्जामा रहेकाे ६ हजार वर्गकिलोमिटरभन्दा धेरै क्षेत्र फिर्ता लिएको युक्रेनको दाबी

 भदौ २८, २०७९ मंगलबार ८:३८:३६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युक्रेनले बितेको डेढ हप्तामा रुसकाे कब्जामा रहेकाे ६ हजार वर्गमिलोमिटरभन्दा धेरै क्षेत्र फिर्ता लिएको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले दैनिक सम्बोधनका क्रममा सेप्टेम्बर महिनामा मात्रै ६ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्र फिर्ता लिइएको दाबी गर्नुभएको हो ।

प्रत्याक्रमणलाई तीव्रता दिएको युक्रेनी सेनाले देशको पूर्वी र दक्षिणी क्षेत्रमा आफ्नो भूमि फिर्ता लिने काममा सफलता मिलिरहेको बताएका बीबीसीले जनाएको छ ।

रुसले भने युक्रेनको पूर्वमा रहेको लुहान्स्क र डोनेट्स्क क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यले आफ्नो सेना फिर्ता गरेको बताएको छ । क्राइमियासँगको सिमानामा रहेको दक्षिणी खेरसन क्षेत्रमा पनि युक्रेनी सेनाले भूमि फिर्ता गर्ने काममा सफलता पाइरहेको बीबीसीले जनाएको छ ।

युक्रेनी प्रायद्वीप क्राइमियालाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो । रुसले आफ्नो सेना फिर्ता भएका शृङ्खलाबद्ध क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । रुसी आक्रमणका कारण युक्रेनको उत्तर–पूर्वी क्षेत्रमा विद्युत् कटौती भएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया