एमाले अध्यक्ष ओली र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली बीच भेटवार्ता

 भदौ २८, २०७९ मंगलबार ११:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

संसद् भवनमा अध्यक्ष ओली लगायत एमाले नेताहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा एमाले नेता सुवासचन्द नेम्वाङ, विष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए । भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

यस्तै, लीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्दै हुनुहुन्छ । उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासित पनि भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँले भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ भने त्यसअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ ।

ली पर्सि बिहीवार फर्किनु हुनेछ । उहाँको सुरक्षाका लागि भन्दै काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया