एनसेलले ल्यायो दशैँ रिचार्ज बोनस

 भदौ २८, २०७९ मंगलबार १७:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैँको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन एक सय रुपैयाँ वा त्याेभन्दा बढीको रिचार्जमा ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।  

यो योजना आज मङ्गलवारदेखि सञ्चालनमा आएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले एक सय रुपैयाँको रिचार्ज गर्दा एक दिन मान्य रहने १० रुपैयाँ बोनस प्राप्त गर्नछन् । यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजनाअन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी एक सय ५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनस प्राप्त गर्छन् । प्राप्त बोनस रकम तीन दिनका लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी दुई सय रुपैयाँ वा त्याेभन्दा बढीको रिचार्ज गरेमा ग्राहकले ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम सात दिनका लागि मान्य हुन्छ । 

यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । 

आफ्ना ग्राहकका लागि यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई चाडबाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदानप्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया