केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण

 भदौ २९, २०७९ बुधबार ६:४४:२४ | एजेन्सी
unn.prixa.net

केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ ग्रहण गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रुटोले राजधानी नैरोबीमा हिजो भएको विशेष समारोहमा शपथ ग्रहण गर्नुभएको हो । उहाँको शपथ ग्रहण समारोहमा २० वटा अफ्रिकी देशका शीर्ष नेताहरू समेत सहभागी भएका थिए ।

केन्याका प्रभावशाली नेता रुटोले देशको शान्ति सुरक्षा, आर्थिक अवस्था तथा जनजीविकामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् १९६६ मा जन्मिएका रुटोले गएको अगस्ट ९ मा भएको राष्ट्रपतीय चुनावमा जित हासिल गर्नुभएको थियो ।

विपक्षी दलका नेता राइला ओडिङ्गा झिनो मतले पराजित हुनुभएको थियो । चुनावमा धाँधली भएको भन्दै ओडिङ्गाले मतपरिणाम अस्वीकार गर्नुभएको थियो । तर सर्वोच्च अदालतले चुनावी परिणाम सही नै भएको फैसला गरेपछि रुटोलाई शपथ ग्रहणकाे बाटो खुलेको हो ।

कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया