महाअभियाेग सिफारिस समिति बैठक बस्दै : जबरालाई पूरक प्रश्न सोध्नेबारे निर्णय लिइने

 भदौ २९, २०७९ बुधबार ७:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय गर्ने तयारी छ । गएको फागुनमा प्रतिनिधि सभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग भदौ १५ गतेदेखि महाअभियोग सिफारिस समितिले बयान लिएको हो । समितिले पाँच दिन लगाएर जबरालाई ४३ प्रश्न सोधेको छ ।

बयानका क्रममा जबराले आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य सकिएको दाबीसहित सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिक दलमाथि नै विभिन्न आरोप लगाउनुभएको छ । अब आज बयानका क्रममा जबराले व्यक्त गरेका भाषा, विषय र व्यक्ति–निकायबारे प्रतिप्रश्न गरिने समिति सदस्य मीन विश्वकर्माले जानकारी दिनुभएको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आरोप लगाएका व्यक्तिलाई पनि समितिले बयानको लागि बोलाउने भएको छ ।

बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्व प्रधानन्यायाधीशहरु, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउने समितिको तयारी छ ।
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया