धुवाँ देखिएपछि काठमाण्डौ फर्किएको वायुसेवाको जहाज जापान उड्यो

 भदौ २९, २०७९ बुधबार ११:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - धुवाँ देखिएपछि काठमाण्डौ नै फर्किएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले फेरि उडान भरेको छ ।

गएराति ११ बजे १ सय ८४ यात्रु बोकेर जापानको नारिता उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजको कार्गो (सामान राख्ने ठाउँ)मा धुवाँ देखिएपछि जहाजलाई काठमाण्डाै फर्काइएको थियो ।

आरए ४३३ नम्बरको वाइडबडी जहाजमा धुवाँ देखिएपछि गएराति उडेको आधा घण्टामै काठमाण्डौ फर्किएको जहाज प्राविधिक जाँचपछि बिहान सवा १० बजे जापानको नारिताका लागि फेरि उडेको भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलका अप्रेसन स्टेशनकी मोनिका रञ्जितले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया